मंगलवार, भाद्र ४ २०८१
भदौ, ४ गते काठमाडौ । एघारौं ग्रीनफिल्ड बास्केटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ। गत साउन २६ गतेदेखि शुरु भएको उक्त प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिता एक सातासम्म चलेको थियो।

बास्केटबल प्रतियोगितामा सिनियर तर्फ २५ वटा छात्र र १२ वटा छात्राहरुको टिम रहेका थिए भने जुनियर तर्फ १३ वटा टिम रहेका थिए।

जसमध्ये बास्केटबल प्रतियोगितामा सिनियर तर्फ ग्रीनल्याण्ड बोर्डिङ स्कुलले प्रथम स्थान र पुष्प सदन बोर्डिङ स्कुलले द्वितीय स्थान हात पार्यो। त्यसैगरी छात्रातर्फ भ्याली पब्लिक स्कुलले प्रथम स्थान र रेडियन्ट पब्लिक स्कुलले द्वितीय स्थान हात पार्यो। त्यसैगरी जुनियर तर्फ आयोजक ग्रीनफिल्ड स्कुलले प्रथम स्थान र पिपुल्स एकेडेमीले द्वितीय स्थान हात पार्यो। उक्त प्रतियोगितामा बिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका थिए।

प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथि नेशनल प्याब्सन केन्द्रीय समिती अध्यक्ष सुवास न्यौपाने, नेशनल प्याब्सनका काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्का, उपाध्यक्ष प्रेम कुमार भुजेल, सचिव रामबाबु सेढाई, कोषाध्यक्ष टंक थापा, सहसचिव शिवराम गिरि, ग्रीनफिल्ड फाउन्डेसनका निर्देशक राजुराम अधिकारी, आर्थिक निर्देशक अर्जुन पाठक, लगाएत विभिन्न स्कुलका प्रधानाध्यापक तथा शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिता समापन समारोहमा विद्यार्थीहरुले बिशेष सांगीतिक नृत्य र पिटिहरु प्रस्तुत गरेका थिए।

प्रतियोगितामा बोल्दै ग्रीनफिल्ड स्कुल/कलेजका प्रिन्सिपल खडक बहादुर बस्नेतले नेपाली खेल क्षेत्रमा योगदान पुर्याउने र विद्यार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्तिमा भुमिका खेल्ने बताउनुभयो। साथै खेलले विद्यार्थीहरुमा अनुशासन कायम गर्न सघाउ पुर्याउने बस्नेतले बताउनुभयो ।

त्यसै गरि कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले बास्केटबल प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गरेकोमा विद्यार्थी खेलाडी तथा आयोजक संस्थालाई बधाइ दिनुभयो । खेलकुदमा अनुशासनको ठूलो महत्व हुने भन्दै न्यौपानेले अनुशासन र खेलकुदलाई संगै लाने हो भने जीवन सफल हुने र मुलुकको खेल बिकासमा समेत योगदान पुग्ने बताउनुभयो ।








