Jul 27 2026 | २०८३, श्रावण ११ गते

एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि समितिको निर्देशन

एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि समितिको निर्देशन

  • 594
    SHARES

  • एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि समितिको निर्देशन

    भदौ, १९ गते काठमाडौ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोगद्वारा सार्वजनिक गरिएको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भिर त्रुटि गरेको निष्कर्ष सहित त्यसलाई सच्याउन निर्देश गरेको हो ।

    परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने गम्भिर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको हो।

    विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षा सम्बन्धि एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको कमजोरीबारे १० दिन भित्र छानबिन गरी तथ्य बाहिर ल्याउन र आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगर्न भनिएको छ ।

    बैठकमा समितिका सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानबिन गर्ने बताउनुभएको थियो ।

    images
    बुधवार, भाद्र १९ २०८११०:०७:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार