Jul 27 2026 | २०८३, श्रावण ११ गते

आईओई बिई/बि.आर्क प्रवेश परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

आईओई बिई/बि.आर्क प्रवेश परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 1.1K
    SHARES

  • आईओई बिई/बि.आर्क प्रवेश परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

    भदौ, २३ काठमाडौ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बिई/बि.आर्क (B.E./B.Arch.) प्रवेश परिक्षाको नतिजा प्रकाशित गरेको छ।

    प्रवेश परीक्षा बोर्डबाट शैक्षिक वर्ष २०८१/०८२ को लागि स्नातक (B.E./B.Arch) तहको मिति २०८१ भदौ १६ देखि २०८१ भदौ २२ गते सम्म सूचना प्रविधिको आधारमा कम्प्यूटर विधि मार्फत संचालित प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुको नतिजा प्रकाशित गरेको हो।

    प्रकाशित नतीजालाई आधार मानी केन्द्रिकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्य तालिका अनुसार इ.अ.सं. अन्तर्गतका आगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुलाई भर्ना सम्बन्धी कार्य गर्न गराउनु हुन सूचित गरेको छ।

    इ.अ.स. केन्द्रिकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्य तालिका २०८१ भाद्र २६ गते https://admission.ioe.edu.np वाट प्राप्त गर्न सकिनेछ ।

    शैक्षिक सत्र ०८११०८२ को स्नातक (B.E./B.Arch) तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धि जानकारी तथा निर्देशिका २०८१ अन्तर्गत बुंदा नं ६ मा उल्लेख भएको आंगिक क्याम्पसहरुका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारहरुले आफु सो कोटामा योग्य हुने, नहुनेका लागि चाहिने आवश्यक कागजातहरु सहित मिति २०८१ भदौ २३ गते देखि मिति २०८१ भदौ २७ गते भित्र CIT, Pulchowk Campus, पुल्चोकमा आवेदन दिन सूचित गरेको छ । साथै तत्पश्चात आफूले पढ्न चाहेको क्याम्पसमा आवेदन दिनु पर्नेछ।

    नतिजा हेर्न https://drive.google.com/file/d/1E7iJpKTuoOpwSp_RNh9CIeeY3q6Cs9mz/view?usp=drivesdk लिङ्क मा क्लिक गर्नुस्।

    1725755579145.jpg

    images
    आइतवार, भाद्र २३ २०८१०७:०२:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार