Jul 27 2026 | २०८३, श्रावण ११ गते

निजी मेडिकल कलेजमाथि श्रम शोषणको आरोप

निजी मेडिकल कलेजमाथि श्रम शोषणको आरोप

  • 532
    SHARES

  • निजी मेडिकल कलेजमाथि श्रम शोषणको आरोप

    काठमाडौँ —चिकित्सा शिक्षामा स्नातकोत्तर तह (पीजी) अध्ययनरत विद्यार्थीलाई निर्वाह भत्ता दिनु परे शैक्षिक कार्यक्रम सञ्चालन नगर्ने मेडिकल कलेजहरुमाथि श्रम शोषण गरेको आरोप लागेको छ । उक्त तहमा अध्ययनरत चिकित्सकहरुले निर्वाह भत्ता नदिइ शिक्षण शुल्क लिएर मेडिकल कलेजहरुले श्रम ऐनविपरीत शोषण गरेको बताएका छन् ।

    उनीहरुको संस्था स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरिले विज्ञप्ति जारी गरेर तोकेबमोजिम निर्वाह भत्ता पाउनुपर्ने माग गरेका हुन् ।

    सरकार र समितिबीच एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत विद्यार्थीलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउने सहमति भएको थियो ।

    चिकित्सा शिक्षा आयोगले सोही सहमतिअनुसार भत्ता दिने सुनिश्चितता गरेर मात्र शिक्षण संस्थामा सिट निर्धारण गर्ने निर्णय गरेको थियो । तर मेडिकल कलेज सञ्चालकहरुले निर्वाह भत्ता दिन नसक्ने बताएका छन् । ८ औं तह बराबर अर्थात् मासिक ४८ हजार ७ सय निर्वाह भत्ता उपलब्ध गराउनुपर्छ ।

    निजी कलेजहरुले भत्ता दिन नसक्ने भन्दै पीजीको सिट निर्धारणका लागि स्वमूल्यांकलन (सेल्फ अप्रेजल) फाराम भरेका छैनन् । गत शुक्रबारसम्म फाराम बुझाउन आयोगले समयसिमा तोकेको थियो । कलेजहरुले फाराम नबुझाएपछि सिट निर्धारण हुन सकेको छैन ।

    images
    मंगलवार, भाद्र २५ २०८१०८:३५:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार