शनिवार, भाद्र २९ २०८१
भदौ, २९ गते काठमाडौ । “वालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने आदर्श नाराका साथ ६०औं बाल दिवस भब्यरुपमा देशैभर मनाईदैछ।
यसैक्रममा ईडन ब्रिज एकेडेमीले ६०औं बाल दिवस भब्य रुपमा सम्पन्न गरेको छ। एकेडेमीले बाल दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा श्रष्टा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको हो।

एकेडेमीका ब्यबस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा, प्रमुख अतिथि काठमाडौ जिल्ला शिक्षा समन्वय इकाई प्रमुख बिचारी प्रसाद अधिकारी प्रमुख अतिथी रहनुभयो। साथै स्कुलका प्राचार्य, काठमाडौ प्याब्सनका अध्यक्ष तथा साहित्यकार प्रेम कुमार राई, उपाध्यक्ष सुर्य भण्डारी, टोखा नगरपालिकाका वडा सदस्य ताराबहादुर थापा, सरोज ठकुरी र अम्बिका आचार्य लगाएत स्रष्ठा तथा साहित्यकार गंगा कर्माचार्य पौडेल, साहित्यिक पत्रकार उमेश पाण्डे, लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रम स्कुल कोर्डिनेटर सुजन भट्टराईले सञ्चालन गर्नुभयो ।

कार्यक्रममा स्कुलका प्राचार्य, काठमाडौ प्याब्सनका अध्यक्ष तथा साहित्यकार प्रेम कुमार राईले इडन ब्रिज एकेडेमी शैक्षिक क्रियाकलाप संगसंगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउनुभयो ।

यसअघि उपत्यकाव्यापी नृत्य प्रतियोगितामा समेत उक्त स्कुलले प्रथम स्थान हात पारेको भन्दै नयाँ शैक्षिकसत्र देखि अहिले सम्म विद्यालयले गरेका हरेक क्रियाकलापमा विद्यार्थीहरुले भाग लिएर तीन सय भन्दा बढी मेडल तथ पुरस्कार बितरण गरेको बताउनुभयो । कार्यक्रममा आफ्नो नानिबाबुहरुको प्रस्तुती साथै पुरस्कार पाएको देखेर अभिभावकहरु समेत मक्ख परेका थिए।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि काठमाडौ जिल्ला शिक्षा समन्वय इकाई बिचारी प्रसाद अधिकारीले ६०औं बाल दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो। साथै अभिभावकहरु आएर आफ्नो बालबालिकाको प्रस्तुति प्रत्यक्ष हेर्ने कुराले उनीहरुको हौसला बढ्ने साथै बालबालिकाहरुको रचनात्मक क्षमताको बिकास हुने बताउनुभयो।

कार्यक्रमको अन्त्यमा सभापति तथा विद्यालय ब्यबस्थापन समिती अध्यक्ष हरिकृष्ण श्रेष्ठले ६०औं बाल दिवसको अवसरमा शुभकामना दिनुभयो। उहाँले विभिन्न क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुनुभएका विद्यार्थीहरुलाई बधाई दिदै कार्यक्रमको समापन गर्नुभयो ।

उक्त कार्यक्रममा विभिन्न क्रियाकलापहरुमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा साहित्यिक पत्रकार उमेश पाण्डेलाई ईडन ब्रिज साहित्यिक सम्मान र स्रस्टा तथा साहित्यकार गंगा कर्माचार्य पौडेललाई ईडन ब्रिज साहित्यिक रत्न सम्मानले सम्मानित गरिएको थियो ।

