शुक्रवार, फाल्गुण १४ २०७७
पोखरा विश्वविद्यालयका आगिंक, संयुक्त आंगिक र सम्बन्धन प्राप्त स्कूल तथा कलेजहरुमा छात्रवृत्ति अध्ययनको लागी आवेदन खुलेको छ ।
छात्रवृत्ति कोटामा ६० प्रतिशत खुला र ४० प्रतिशत कोटा सिमान्तकृत वर्ग (अपाङ्ग, शहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाती र मधेशी समुदाय) लाई छुट्टाइएको छ ।
त्यस्तै खुला र सिमान्तकृत दुवै प्रकारको छात्रवृत्ति कोटामा महिलाहरुको लागि ५०/५० प्रतिशत कोटा छुट्टाइएको छ । विश्वविद्यालयले इन्जिनियरिङ अन्तर्गत ९ वटा कार्यक्रममा ३८७ छात्रवृत्ति कोटामा आवेदन खुलाएको छ ।
छात्रवृत्तिको आवेदन scholarshp.edu.np मा गएर भर्न सकिन्छ ।
