सोमवार, कार्तिक २६ २०८१
कार्तिक, २६ गते काठमाडौ । मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट, डीनको कार्यालयले दर्शनाचार्य/विद्यावारिधि (MPhil/PhD) कार्यक्रममा विद्यार्थी भर्ना खुला गरेको छ।
मध्यपश्चिम विश्वविद्यालय, ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट, अन्तर्गत सञ्चालित दर्शनाचार्य तथा विद्यावारिधि (MPhil and PhD) कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ (2025 Session) का लागि विद्यार्थी भर्ना फाराम तथा भर्ना सम्बन्धी कार्यक्रमका प्रक्रियाहरू २०८१ कात्तिक २६ गतेदेखि खुला गरिएको जानकारी दिएको छ।
भर्नाको लागी फाराम बुझाउने अन्तिम मिति २०८१ मङ्सिर २८ गतेसम्म रहेको विश्वविद्यालयले जानकारी दिएको छ । साथै भर्ना सम्बन्धी विस्तृत जानकारी मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट www.mu.edu.np & www.muodgsm.edu.np बाट प्राप्त गर्न सकिनेछ ।
