Jul 28 2026 | २०८३, श्रावण १२ गते

त्रिविद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त

त्रिविद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त

  • 683
    SHARES

  • त्रिविद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त

    मंसिर, १९ काठमाडौ। त्रिभुवन विश्वविद्यालयले ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त गरेको छ। विश्वविद्यालय उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो।

    उक्त नियुक्ति उपकुलपति प्राडा केशरजंग बरालले मेरिटोक्रेसीका आधारमा गरेको त्रिविका प्रवक्ता यमनसिंह बोहराले बताए। त्रिविले पर्याप्त मेरिटोक्रेसीका आधार, मार्कको आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको प्रवक्ता बोहराले बताए।

    नियुक्ति गरिएका मध्य नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाडौँका लागि डाक्टर सूर्यनाथ कुलौनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई रहेका छन्।

    त्रिविले डीन लगायतका अन्य पदमा समेत छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उच्चतम मेरिटोक्रेसी कायम गर्दै नियुक्त गरिने बताइएको छ।

    images
    बुधवार, मंसिर १९ २०८१०७:१४:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार