मंगलवार, माघ १ २०८१
माघ, १ गते/काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा तालिका सार्वजनिक गरेको छ।
यस वर्षको एसईई परीक्षा चैत ७ देखि शुरु भएर चैत १९ गतेसम्म चल्नेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ।
बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा उल्लिखित तालिका अनुसार एउटै समयमा हुनेछ। भने परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइहरूवाट हुनेछ।
परीक्षा सम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमीको फोन नम्वरहरू ०१-६६३००३९ र ०१-६६३००७० मा सम्पर्क गर्न सकिनेछ। यो विवरण राष्ट्रिय परीक्षा वोर्डको website: www.neb.gov.np तथा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website: www.see.gov.np मा पनि हेर्न सकिनेछ ।
परीक्षार्थीले रजिष्ट्रेशन परीक्षा आवेदन फाराम भर्ने फाराममा उल्लेख गरेको जन्ममिति र जन्म थरको हिज्जे राष्ट्रिय परिक्षा बोर्डमा उपलब्ध गराइएको कन्ट्रोल लिष्टसंग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्त भित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै यह कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरेको छ।
कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्यण कार्यालयकी पूर्व सूचना बिना परीक्षा स्थगित हुने छैन ।
