Jul 27 2026 | २०८३, श्रावण ११ गते

एचपिभी खोप अभियान: शिवपुरी माध्यमिक विद्यालयबाट प्रधानमन्त्री ओलिले गरे शुभारम्भ

एचपिभी खोप अभियान: शिवपुरी माध्यमिक विद्यालयबाट प्रधानमन्त्री ओलिले गरे शुभारम्भ

  • 576
    SHARES

  • एचपिभी खोप अभियान: शिवपुरी माध्यमिक विद्यालयबाट प्रधानमन्त्री ओलिले गरे शुभारम्भ

    माघ, २२ काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ।

    विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अभियान शुभारम्भ गरेका हुन्।

    1738670586901.jpg

    प्रधानमन्त्री ओलिले काठमाडौँ महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरे। खोप अभियान आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन हुँदैछ।

     देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

    images
    मंगलवार, माघ २२ २०८१०५:५७:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार