Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि उपकुलपति बरालले दिए राजिनामा

त्रिवि उपकुलपति बरालले दिए राजिनामा

  • 1.3K
    SHARES

  • त्रिवि उपकुलपति बरालले दिए राजिनामा

    काठमाडौ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले पदबाट राजीनामा दिनुभएको छ ।

    स्वास्थ्यको कारण राजिनामा दिइएको बताइएपनी राजनीतिक दवाब खेप्न नसकेर राजिनामा दिएको स्रोतले बताएकोछ। 

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका छन्।

    उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।

    बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

    images
    शनिवार, चैत्र १५ २०८१०७:४८:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार