बिहिवार, बैशाख १८ २०८२
बैशाख, १७ गते/ इडिया: भारतको KIIT विश्वविद्यालयमा आज फेरि एक जना नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् ।
गत ४ फागुनमा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् ।