आइतवार, बैशाख २१ २०८२
काठमाडौ। नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त भएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा संरक्षक परिषद (बोर्ड अफ ट्रष्टी)ले उपकुलपतिमा कार्की नियुक्त गरेको हो।
नवनियुक्त उपकुलपति कार्की वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन् ।
त्यसैगरी उक्त विश्वविद्यालयको रजिस्ट्रारमा सूर्यराज आचार्यलाई नियुक्त गरेको छ । आचार्य आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ हुन्।
गत कात्तिकमा संघीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐन अनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद रहने व्यवस्था गरेको छ।
कुलपतिको छनोट संरक्षक परिषदका सदस्यहरूमध्येबाट परिषदले गर्ने प्रावधान छ। परिषदले एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीलाई कुलपति छनोट गरेको थियो।
परिषदको सदस्यहरूमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा, जगदीश चन्द्र पोखरेल, डा, विपिन अधिकारी, डा, विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, ई. लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी छन्।