Jul 27 2026 | २०८३, श्रावण ११ गते

पब्लिक क्याम्पस संघले त्रिवि उपकुलपतिलाई बुझायो पाँचबुँदे मागपत्र।

पब्लिक क्याम्पस संघले त्रिवि उपकुलपतिलाई बुझायो पाँचबुँदे मागपत्र।

  • 683
    SHARES

  • पब्लिक क्याम्पस संघले त्रिवि उपकुलपतिलाई बुझायो पाँचबुँदे मागपत्र।

    बैशाख, २३ गते/काठमाडौ। नेपाल पब्लिक क्याम्पस संघले त्रिवि उपकुलपतिलाई मागपत्र बुझाएको छ। सोमबार सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई विभिन्न पाँच बुँदा समेटिएको मागपत्र बुझाएको हो ।

    देशभरका करिब ६ सय पब्लिक क्याम्पसहरूको समस्याका बारेमा त्रिविका उपकुलपतिहरूलाई जानकारी गराइ समस्या समाधानका लागि तदारुकता देखाउन पटक पटक लिखित तथा माैखिक अनुरोध तथा ध्यानाकर्षण गराउँदा पनि ठोस पहल नभएको भन्दै संघले पुन मागपत्र बुझाएको संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ताले बताए ।

    संघले बुझाएको मागपत्रमा त्रिविबाट एकतर्फी स्थगत गरिएको विषय तथा कार्यक्रम थप अभिलम्व खुलाउन माग गरिएको छ । यस्तै, नेपाल सरकारको आ.व. २०८२-८३ को नीति तथा कार्यक्रममा सामुदायिक क्याम्पसहरूमा कार्यरत शिक्षकहरूको वृत्ति विकास, पद वर्गीकरणका विषयमा त्रिविले अपनत्व लिने व्यवस्था गर्न समेत माग गरिएको छ ।

    यस्तै, त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरूको वर्गीकरण प्रकृया सहज बनाइनुपर्ने, जसका लागि त्रिविको नियमावलीमा संशोधन समेत सो मागपत्रमा समावेश छ ।

    पब्लिक क्याम्पस संघ र त्रिविबीच आ.व. २०७४-७५ मा क्याम्पस नवीकरणका सन्दर्भमा भएको व्यवस्था अनुसार सामुदायिक क्याम्पस नवीकरणकत्र व्यवस्था गर्न पनि माग गरिएको छ ।

    यस्तै, त्रिविले स्वीकृत गरेको सामुदायिक क्याम्पसहरूको विधानको प्रकृति अनुसार ती क्याम्पस कुनै कारण सञ्चालन हुन नसकेमा क्याम्पसको सम्पत्ति नेपाल सरकारको वा त्रिविको हुने भन्ने स्पष्ट व्यवस्था भएकोले नेपाल सरकारको बजेटमा गैरनाफामूलक शैक्षिक संस्थाको रूपमा वर्गीकृतका लागि पहल गर्न समेत माग गरिएको छ ।

    साथै, संघले ती माग अभिलम्व पूरा नभएमा सामुदायिक क्याम्पसहरूले भद्र अवज्ञा आन्दोलन सहित आवश्यक परे कठोर आन्दोलनमा उत्रने व्यहोरा समेत उल्लेख छ ।

    यस्तो छ मागपत्र ।

    Screenshot_2025-05-06-08-33-06-50_a23b203fd3aafc6dcb84e438dda678b6.jpgScreenshot_2025-05-06-08-33-19-75_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    मंगलवार, बैशाख २३ २०८२०८:३४:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार