आइतवार, बैशाख २८ २०८२
बैशाख २७ गते/ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले पदभार ग्रहणपूर्व सपथ लिएका हुन्।
नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिस्ट्रार चेमजोङलाई शपथ दिलाएका हुन ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत उपस्थित थिए ।
शपथ ग्रहणपछि प्रधानमन्त्री ओलीले पदाधिकारीहरूलाई बधाई दिँदै विश्वविद्यालयले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा संस्कृत शिक्षालाई समेटेर आधुनिक र वैकल्पिक चिकित्सा प्रणालीबीच सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे। उनले विश्वविद्यालयलाई नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा ज्ञान, अनुसन्धान र नीतिगत सल्लाहको केन्द्रका रूपमा विकास गर्न आह्वान गरे।