Jul 27 2026 | २०८३, श्रावण ११ गते

६६औँ वार्षिक दिवसको अवसरमा त्रिविले प्रदान गर्ने पुरस्कारका लागि आवेदन माग

६६औँ वार्षिक दिवसको अवसरमा त्रिविले प्रदान गर्ने पुरस्कारका लागि आवेदन माग

  • 555
    SHARES

  • ६६औँ वार्षिक दिवसको अवसरमा त्रिविले प्रदान गर्ने पुरस्कारका लागि आवेदन माग

    जेठ, ७ गते/ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ६६औँ वार्षिक दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले विभिन्न दाताहरूद्वारा त्रिविको वार्षिक दिवसको अवसरमा प्रदान गर्नेगरी स्थापित पुरस्कारहरूको त्रिभुवन विश्वविद्यालयको ६६औँ वार्षिक दिवसको अवसरमा त्रिविका अध्ययन संस्थान र संकाय अन्तर्गत प्रदान गरिने पुरस्कारका लागि आवेदन माग गरेको हो ।

    आर्थिक वर्ष २०८०-२०८१ (२०८० श्रावणदेखि २०८१ असार मसान्तसम्म) को लागि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएकोले पुरस्कारहरूको नाममा निर्धारित मापदण्डभित्र पर्ने विद्यार्थीहरूले १५ दिनभित्र आइपुग्ने गरी सम्बन्धित क्याम्पस र कार्यालयको पत्रसहित अध्ययनसँग सम्बन्धित डीन कार्यालयमा दुई र दुई प्रति शोधपत्र, व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि (स्नातकोत्तर तहको ट्रान्सकृप्ट र मूल प्रमाणपत्रको प्रतिलिपि) समेत संलग्न गरी आवेदन दिन सक्ने छन् ।

    निर्धारित १५ दिनभित्र सम्बन्धित डीन कार्यालयहरुमा प्राप्त भएका आवेदनहरु डीन कार्यालयहरुले ५ दिनभित्र समन्वय महाशाखामा सिफारिस सहित पठाउनु पर्नेछ। रीत नपुगी वा म्याद नाघी प्राप्त हुने आवेदनहरु उपर कुनै कारबाही नहुने व्यहोरा अवगत गराउदै आवेदनसाथ प्राप्त शोधपत्रहरुको मूल्यांकनपछि उत्कृष्ट ठहरिएकोलाई पुरस्कृत गरिने र अन्य फितां गरिने जानकारी दिएको छ। साथै  पुरस्कारसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार त्रिविमा सुरक्षित रहने छ ।

    पुरस्कार श्री कृष्णचन्द्र रेग्मी पुरस्कार १ जनालाई, श्री महेशचन्द्र मनदेवी रेग्मी पुरस्कार १ एक जनालाई,श्री बालकृष्ण रिजाल पुरस्कार १ जनालाई र बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार भाषा विज्ञानमा १ तथा पत्रकारितामा १ जनागरी दुई जनालाई प्रदान गरिने छ ।

    यस्तो छ सूचना ।

    Screenshot_2025-05-21-07-28-18-44_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    बुधवार, जेठ ८ २०८२०७:३९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार