Jul 27 2026 | २०८३, श्रावण ११ गते

TU मा चरम लापरबाही : विद्यार्थीले परीक्षा दिएपछि कलेजको सम्बन्धन खारेज !

TU मा चरम लापरबाही : विद्यार्थीले परीक्षा दिएपछि कलेजको सम्बन्धन खारेज !

  • 606
    SHARES

  • TU मा चरम लापरबाही : विद्यार्थीले परीक्षा दिएपछि कलेजको सम्बन्धन खारेज !

    विद्यार्थीले परीक्षा दिएपछि जनकपुरमा युथ कलेजको सम्बन्धन खारेज भएको छ। यो संगै त्रिविका केही अधिकारी र कलेजको लापरबाहीले विद्यार्थीलाई तनाव भएको छ। 

    एक वर्ष बिसिए अध्ययन गरी विद्यार्थीले जाँचसमेत दिइसकेपछि त्रिभुवन विश्वविद्यालयले युथ कलेजको सम्बन्धन खारेज गरेको हो । युथ कलेजले बिसिए अध्ययनका लागि ३५ विद्यार्थी भर्ना गरेको थियो ।

    नियमविपरीत स्वीकृति पाएको भन्दै त्रिवि कार्यकारी परिषद्ले १८ फागुनमा बिसिए कार्यक्रम खारेज गरेको हो । दुई वर्षअघि सम्बन्धन दिने निर्णय भए पनि कलेजले स्वीकृतिपत्र नलिईकनै पढाउन सुरु गरेको थियो ।

    कलेजको सम्बन्धनका विषयमा उजुरी परेपछि त्रिविको अनुगमन निर्देशनालयले छानबिन गरेको थियो । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय र योजना निर्देशनालयबाट त्रिविको नियम, विनियमविपरीत युथ कलेजलाई बिसिए कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको छानबिन प्रतिवेदनमा उल्लेख छ । त्यसकै आधारमा कार्यकारी परिषद्ले १८ फागुनमा सम्बन्धन खारेज गरेको हो ।

    त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा.डा. रिदिश पोखरेल भन्छन्–डिन कार्यालयको रायमा स्वीकृतिपत्र दिएका थियौँ ०७५ मा एक सय १६ कलेजलाई बिसिए कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिने निर्णय भएको थियो । तीमध्ये युथ कलेज पनि थियो । तर, उसले चिठी लगेको थिएन । सामान्यतया कार्यकारी परिषद्ले निर्णय गरेको एक वर्षभित्रमा हामीले पत्र दिन्छौँ । एक वर्षपछि डिन कार्यालयको राय लिएर मात्रै पत्र दिन्छौँ ।

    यो संगै स्वीकृतिपत्र नलिई बिसिए कार्यक्रम संचालन गर्ने कलेज को भविस्य के होला भन्ने सहजै आँकलन गर्न सकिन्छ।

    हाल थापाथलीस्थित एभरेस्ट कलेज, कान्तिपुर कलेज अफ टेक्नोलोजी, एबर्डिन कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ, रामनाथ कलेजले पनि सम्बन्धनको स्वीकृतिपत्र नलिई बिसिए कार्यक्रम सञ्चालन गरेका छन् ।

    images
    शुक्रवार, चैत्र ६ २०७७०९:४९:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार