शनिवार, जेठ २५ २०८२
जेठ, २३ गते/काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थी र प्राध्यापकको लागि एकद्वार भिसा प्रणाली लागु गरेको छ । समन्वय परिषद्को बैठकमा त्रिवि अन्तर्गत सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजहरूमा अध्ययन, अध्यापन र अनुसन्धान प्रयोजनार्थ आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको हकमा प्रवेशाज्ञा (भिसा)को प्रक्रिया एकद्वार प्रणाली बनाएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, कीर्तिपुरबाट मात्र प्रक्रिया अगाडी बढाइने निर्णय भएकोले जनाइएको छ ।
विश्वविद्यालयको आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रममा व्यवस्था भै त्रिवि सभा २०८१ मा पारित भए बमोजिम उक्त व्यवस्था गरिएको हो ।