मंगलवार, आषाढ १० २०८२
असार,१० गते/ काठमाडौँ। शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रीले आगामी वर्ष विश्वविद्यालयहरूलाई उपलब्ध गराइने अनुदानलाई क्यालेन्डरको कार्यान्वयनसँग जोडिने बताएका छन् । प्तरिनिधी सभामा मन्त्रालयमाथी उठेको बिषयमा जवाफ दिदै मन्त्री पन्तले सो कुरा बताएका हुन्।
क्यालेन्डरको कार्यान्वयन गर्न नसक्ने वा नगर्ने विश्वविद्यालयहरूलाई अनुदान रोकिने पन्तले बताए ।
उनले आगामी आ.व.मा उच्च शिक्षाको क्षेत्रमा प्रस्तावित गरिएका विशेष कार्यक्रमहरूमा २० घण्टा कामको न्यूनतम ज्याला सहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गर्ने बताए।
बजारमुखी शैक्षिक कार्यक्रमहरूको विकास तथा विस्तार, उद्यमशिलता विकास तथा कार्यान्वयनका लागि अनुदान, उच्च शैक्षिक संस्थाहरूलाई सूचना तथा प्रविधिमा आधारित शैक्षिक कार्यक्रमहरूको विकास तथा कार्यान्वयन लगायतका विशेष कार्यक्रमहरू प्रस्ताव गरिएका छन् ।
यी कार्यक्रमहरूको कार्यान्वयनबाट उच्च शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान संस्थाहरूलाई सक्रिय बनाउने सम्बन्धमा आवश्यक कार्य भैरहेको छ ।
साथै पठनपाठन लगायतका कार्यमा अवरोध गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई विश्वविद्यालयहरूलाई शैक्षिक गतिविधिमा केन्द्रित बनाउन आवश्यक कार्य गरिने मन्त्री पन्तको भनाई छ।