Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएको प्रती महर असन्तुष्ट

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएको प्रती महर असन्तुष्ट

  • 557
    SHARES

  • प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएको प्रती महर असन्तुष्ट

    असार, २२ गते/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार)को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको बताएका हुन् ।

    ’१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ । यस वेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोक्किनु स्वभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठक बाहिर केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने ।

    विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनु पर्ने उनको धारणा छ । यसले नेपालको शिक्षाप्रति सरकार उदाशिन रहेको सन्देश जान सक्ने उनले औंल्याए । विद्यालय शिक्षा ऐन लामो समय देखि वहसमा छ, १५ असार भित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिवद्धता पुरा भएको छैन । सरकार र संसदले कानुन वनाउने काममा खासै सफता हात पार्न सकेको छैन । यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्ने महरको भनाइ छ ।

    ’त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन। प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ , प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ । परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाउनुपर्छ,’ उनले भने ।

    त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ । प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार)मा हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि फेरी प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो ।

    त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो । सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ । सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौं आइसकेका थिए । प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन् । यसले त्रिविका सबै कार्यक्रम प्रभावित हुने देखिएको छ ।

    images
    आइतवार, आषाढ २२ २०८२०१:१५:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार