Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेसनल प्याब्सन काठमाडौँद्वारा एसईई उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान

नेसनल प्याब्सन काठमाडौँद्वारा एसईई उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान

  • 551
    SHARES

  • नेसनल प्याब्सन काठमाडौँद्वारा एसईई उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान

    साउन, ११ गते/ काठमाडौँ । निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले एसईई २०८१ मा  उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरेको छ। शनिवार काठमाडौँको बत्तीसपुतलीस्थित अनमोल फुडल्याण्डमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयहरुबाट सर्वोत्कृष्ट हुने विद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको हो।

    IMG_4862.JPG

    माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा काठमाडौँ जिल्लाभरीबाट ४ जिपिए ल्याउने र नेसनल प्याव्सनका सदस्य विद्यालयबाट एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको थियो ।

    नेशनल प्याब्सन काठमाडौँले आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई एवं सम्मान कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको सभापतित्व तथा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पन्तले नेसनल प्याव्सन काठमाडौले गरेको बधाई कार्यक्रमले विद्यार्थीहरुका लागि थप हौसला प्रदान गरेको बताउनुभयो ।

    IMG_4902~2.JPG

    मन्त्री पन्तले कक्षा ११ र १२ मा अध्यायन गर्दै जाँदा विद्यार्थीहरुले विश्वविद्यालयको यात्रा समेत नेपालमै पढ्नुपर्ने बताउनुभयो।  उहाँले कलिलै उमेरमा हाम्रो युवाहरुलाई विदेश पठाउन नहुने धारणा ब्यक्त गर्नुभयो। माता पिताले माया गरेर हुर्काएका हाम्रा युवाहरु अर्काको देशमा गएर तेस्रो दर्जाको नागरिक हुनेगरेको भन्दै मन्त्री पन्तले  कक्षा १२ सक्ने बित्तिकै बिदेश पठाउन नहुने धारणा ब्यक्त गर्नुभयो।

    FB_IMG_1753623701191.jpg

    उक्त एसईई बधाई एवं सम्मान कार्यक्रममा बोल्दै बिशेष अतिथी तथा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपानेले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिनुभयो । उहाँले आगामी भविस्यमा अझै धेरै मेहनत गरेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो।

    IMG_4939.JPG

    अध्यक्ष न्यौपानेले निजि विद्यालयको कारण एसईईमा उत्कृष्ट नतिजा आएको बताउनुभयो। उहाँले निजि विद्यालयप्रती राज्यको हेर्ने दृष्टिकोण बदल्नु पर्ने भन्दै शिक्षा क्षेत्रमा निजि विद्यालयले खेलेको भुमिकाको सकारात्मक मुल्यांकन हुनुपर्ने बताउनुभयो। उहाँले कम्पनिमा चलेका संस्थाहरू सोही अनुरुप चल्न दिनुपर्ने बताउनुभयो।

    IMG_4897~2.JPG

    त्यस्तै महासचिव प्रकाश खड्काले अत्यन्तै मेहनत गरेर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई दिनुभयो। महासचिव खड्काले गुणस्तरीय शिक्षा प्रदान गर्नमा निजि लगानीमा संचालन विद्यालयहरुको योगदान अतुलनीय रहेको भन्दै राज्यले त्यसअनुरुप मुल्यांकन गर्नुपर्ने बताउनुभयो।

    IMG_4893~2.JPG

    उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेम कुमार भुजेलले स्वागत मन्तव्य दिनुभयो। साथै सचिव रामबाबु सेढाईले कार्यक्रम संचालन गर्नुभयो।

    एसईई सम्मान कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष बिष्णु पुडासैनी, सचीव मनोज कुमार श्रेष्ठ, केन्द्रिय सदस्य भीष्म पाण्डे, श्याम योन्जन, बागमती प्रदेश अध्यक्ष डिएन महतो, जिल्ला पदाधिकारी, नगर अध्यक्षहरु, नेशनल प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपल, शिक्षक, तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

    IMG_4867.JPG

    नेसनल प्याब्सन काठमाडौँ जिल्लाले आयोजना गरेको उक्त कार्यक्रममा २६ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।

    IMG_4922 (1).JPGIMG_4873.JPGIMG_5019.JPG

    images
    आइतवार, श्रावण १२ २०८२०७:२१:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार