Jul 27 2026 | २०८३, श्रावण ११ गते

पढिएको कुरा किन बिर्सिन्छ? र कसरी सम्झिन सकिन्छ ?

पढिएको कुरा किन बिर्सिन्छ? र कसरी सम्झिन सकिन्छ ?

  • 631
    SHARES

  • पढिएको कुरा किन बिर्सिन्छ? र कसरी सम्झिन सकिन्छ ?

    कति पटक त हामी किताब खोल्छौं,मन लगाएर घोक्छौं, दिनभरि त्यही पढ्छौं,रातभर निद्रा छोडेर दोहोर्याउँछौं —तर परीक्षा हलमा पुग्दा,मन अन्धकार हुन्छ, दिमाग शून्य!जुन कुरा घोकेको हो,त्यही कुरा कहाँ हरायो, थाहा नै हुँदैन!

    कसैलाई लाग्छ – म कमजोर हुँ, मेरो दिमागमा क्षमता छैन। तर सत्य के हो भने — सबैको दिमाग उस्तै हुन्छ, फरक हुन्छ — याद गर्ने तरिका।

    याद राख्ने मन्त्रहरू —

    1. सम्झेर होइन, बुझेर पढौं: किताबको हरेक लाइनलाई अर्थसहित बुझौं, किनभने जुन कुरा बुझिन्छ, त्यो कहिल्यै बिर्सिँदैन।

    2. मनले पढौं, मुखले दोहोर्याऔं, कानले सुन्ने गरौं: जब हाम्रो पाँच इन्द्रियले एकसाथ पढाइमा काम गर्छ — त्यो ज्ञान दिमागमा गाढा छाप छोड्छ।

    3. सजिलो भाषामा आफ्ना शब्दमा लेखौं: पढेको कुरा नोट बनाएर लेख्दा — हाम्रो मस्तिष्कले त्यसलाई दीर्घकालीन स्मृति बनाउँछ।

    4. रोजगारीको लागि होइन, जिन्दगी बुझ्नका लागि पढौं: पढाइलाई बोझ होइन, रुचिको विषय बनाउँदा — ज्ञान आफैं याद रहन्छ।

    5. पढेको कुरा कसैलाई सुनाउनुहोस्: जब हामी पढेको कुरा कसैलाई सिकाउँछौं, त्यो ज्ञान झन् बलियो र स्थायी हुन्छ।

    6. छोटो-छोटो समयमा दोहोर्याउँ: एक पटक पढेर छोड्नु होइन, हप्तामा एक पटक फेरि फर्केर हेर्दा, त्यो कुरा कहिल्यै हराउँदैन।

    पढाइ भनेको गोडिएको बिउ हो,

    समयमै पानी हाल्यौं भने ज्ञानको बोट उम्रिन्छ,

    नत्र बिर्सिने ओसारिने हुन्छ।

    याद राख,

    पढेको कुरा बिर्सिनु कमजोरी होइन,

    तर सुधार गर्न नमानेर बस्नु दुर्भाग्य हो।

    तिमीमा क्षमता छ,

    तिमीमा बल छ — बस, तरिका मिलाउनु बाँकी छ!

    आजैदेखि पढ्न थाल,

    बुझेर, लेखेर, दोहोर्याएर,

    अनि आत्मा भित्रसम्म ज्ञान भरौं — ताकि जिन्दगीको जुनसुकै मोडमा "पढेको कुरा बिर्सिएँ" भन्नु नपरोस्।

    ✍️भोजराज अवस्थी भुपि

    images
    बिहिवार, श्रावण १६ २०८२०६:०५:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार