शनिवार, श्रावण १८ २०८२
श्रावण ११ गते। काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले आयोजना गरेको उपत्यकाव्यापी अन्तर-विद्यालय तीज नृत्य प्रतियोगिता श्रावण ३१ गते हुने भएको छ। नेपाली सांस्कृतिक पर्व तीजको अवसरमा विद्यार्थीहरूको साङ्गीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्न उपत्यकाव्यापी अन्तर-विद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो।

उक्त प्रतियोगिता श्रावण ३१ गते शनिवार बिहान १०:०० बजे विद्यालयको प्राङ्गणमा हुने कार्यक्रमका संयोजक तथा नेरिक एकेडेमी प्रिन्सिपल मिलन केसिले बताउनुभयो । प्रिन्सिपल केसीका अनुसार अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक विद्यालयहरूले आवश्यक फारम भरी बुझाउनुपर्ने छ ।
प्रतियोगिताको उद्देश्य विद्यार्थीहरुको सिर्जनात्मकता अभिव्यक्त गर्ने र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने रहेको बताइएको छ। कार्यक्रममा प्रस्तुत नृत्य तीज विशेष गीतमा आधारित हुनुपर्नेछ भने नृत्य समूह अधिकतम ५ जनासम्मको हुनु पर्नेछ। प्रत्येक प्रस्तुति ५ मिनेट भित्र समेटिनुपर्नेछ।
आयोजक स्कुलका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार नगद २० हजार, द्वितीय पुरस्कार नगद १५ हजार, तृतीय पुरस्कार नगद १० हजार, सहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार (२ समूह): नगद ५, हजार सहित, ट्रफी र प्रमाणपत्र वितरण गर्ने जानकारी दिइएको छ। त्यस्तै उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई नगद र प्रमाणपत्रद्वारा सम्मान गर्नेछ। त्यसैगरी उत्कृष्ट कोरियोग्राफी पुरस्कार: नगद ५,००० सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उक्त प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले विद्यालयको नाम, उमेर, फोटोसहित फारम भरी पेश गर्नुपर्नेछ।


