Jul 27 2026 | २०८३, श्रावण ११ गते

समग्रमा कक्षा १२ को नतिजा यस्तो छ।

समग्रमा कक्षा १२ को नतिजा यस्तो छ।

  • 771
    SHARES

  • समग्रमा कक्षा १२ को नतिजा यस्तो छ।

    साउन, १९ गते/ काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

    सोमबार सार्वजनिक १२ कक्षाको नतिजा अनुसार नियमिततर्फ ६१. १७% अर्थात दुई लाख ८२ हजार ४६५ जना परिक्षार्थिहरु उत्तीर्ण भएका छन्। भने ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

    बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

    गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । शर्माका अनुसार विद्यार्थीको मिहेनत र शिक्षा प्रति अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको हो ।

    बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा हुनेछ ।

    यस्तो छ समग्रमा कक्षा १२ को नतिजा विबरण ।

    FB_IMG_1754313388781.jpgFB_IMG_1754313391561.jpgFB_IMG_1754313393103.jpgFB_IMG_1754313394346.jpgFB_IMG_1754313395643.jpgFB_IMG_1754313397573.jpgFB_IMG_1754313420349.jpgFB_IMG_1754313422312.jpgFB_IMG_1754313423676.jpg

    images
    सोमवार, श्रावण २० २०८२०७:४६:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार