सोमवार, बैशाख १३ २०७८
त्रिभुवन बिश्वबिद्यालका पुर्ब निर्धारित सबै परिक्षा स्थगित गरेको छ। त्रि.बि. केन्द्रिय परिक्षा संचालक समितिको आज बसेको बैठकले २०७८/०१/१४ गते देखि अर्को सूचना प्रकाशित नभएसम्म यस्तो निर्णय गरेको हो।
त्रिभुवन बिश्वबिद्धालयले आफ्नो माततहत का आंगिक तथा सम्बन्धप्राप्त क्याम्पसहरुको बार्षिक तथा सेमेस्टर प्रणालीका स्नातक र स्नातकोत्तर तहका सम्पुर्ण ( सन्चालन भैरहेका तथा सन्चालनको प्रक्रियामा रहेका ) परिक्षाहरु स्थगित गरेको जानकारी दिएको छ।
कोभिड १९ को दोश्रो लहरको प्रभाव तीब्र रुपमा रहेको र देशका विभिन्न ठाउहरुमा लकडाउन को स्थिति रहेको भन्दै बिश्वबिद्धालय ले यस्तो निर्णय गरेको बताइएको छ।
हेर्नुस सूचना 
यसअघि कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । 