मंगलवार, भाद्र ३१ २०८२
३१ भदौ, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परिक्षाको संसोधित तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते गर्ने जनाएको छ ।
बोर्डद्वारा पूर्व निर्धारित परीक्षा तालिका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण स्थगित गरेको थियो ।
परीक्षा समयः बिहान ११:०० बजेदेखि २:०० बजेसम्म ।
