Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल नर्सिङ परिषद्‌द्वारा नाम दर्ता परीक्षाका लागि अनलाइन फाराम खुला

नेपाल नर्सिङ परिषद्‌द्वारा नाम दर्ता परीक्षाका लागि अनलाइन फाराम खुला

  • 463
    SHARES

  • नेपाल नर्सिङ परिषद्‌द्वारा नाम दर्ता परीक्षाका लागि अनलाइन फाराम खुला

    काठमाडौं । नेपाल नर्सिङ परिषद्‌ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ। परिषद्ले एक सूचना जारी गर्दै नर्सिङ कार्यक्रमअन्तर्गतको नाम दर्ता परीक्षा वि.सं. २०८२ साल फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।

    परीक्षाका लागि अनलाइन आवेदन फाराम २०८२ साल पौष २५ गतेदेखि माघ २४ गतेसम्म भर्न सकिनेछ। तोकिएको समयपछि विलम्ब शुल्कसहित माघ २५ गतेदेखि माघ २९ गते कार्यालय समय साँझ ५:०० बजेसम्म आवेदन दिन सकिने परिषद्‌ले जनाएको छ।

    परिषद्का अनुसार आवेदन फाराम application.nnc.org.np मा गई अनलाइन माध्यमबाट मात्र भर्नुपर्नेछ। अनलाइन बाहेक अन्य कुनै पनि माध्यमबाट फाराम स्वीकार गरिने छैन।

    परिषद्‌का अनुसार परीक्षामा सहभागी हुन २०८२ माघ २४ गतेभित्र परीक्षाफल प्रकाशित भई आवश्यक सबै शैक्षिक प्रमाणपत्रहरू जारी भइसकेको हुनुपर्नेछ र ती कागजातहरू अनलाइनमार्फत Upload गर्नुपर्नेछ। तोकिएको मितिसम्म कागजात नबुझाउने परीक्षार्थीहरू परीक्षामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।

    वि.सं. २०७७ असोज १५ गतेपछि विदेशमा अध्ययन गरेका परीक्षार्थीहरूले चिकित्सा शिक्षा आयोगको Eligibility Letter अनिवार्य रूपमा Upload गर्नुपर्नेछ। आवश्यक ठानेमा परिषद्‌को परीक्षा समितिले अन्तर्वार्तासमेत लिन सक्ने जनाएको छ।

    परीक्षा सम्बन्धी थप जानकारी नेपाल नर्सिङ परिषद्‌को वेबसाइट www.nne.org.np मा हेर्न सकिनेछ। आवश्यक परेमा परिषद्‌को फोन नं. ०१-४३७२५२१ मा सम्पर्क गर्न सकिनेछ।

    images
    बुधवार, पौष २३ २०८२०७:४०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार