Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविका मौका परीक्षा अब क्षेत्रीय केन्द्रबाटै हुने

त्रिविका मौका परीक्षा अब क्षेत्रीय केन्द्रबाटै हुने

  • 759
    SHARES

  • त्रिविका मौका परीक्षा अब क्षेत्रीय केन्द्रबाटै हुने

    काठमाडौं — त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने २०८१ सालको ३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी २०८२ साल माघ २५ गतेदेखि सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    मानविकी तथा सामाजिकशास्त्र सङ्काय (मौका तथा आशिक), शिक्षाशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीहरूको मौका परीक्षा त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार २०८२ साल माघ १८ गतेदेखि काठमाडौंमा मात्र सञ्चालन हुने भनिएको थियो।

    तर परीक्षार्थीहरूलाई पर्न सक्ने असुविधा र आर्थिक भारलाई मध्यनजर गर्दै विश्वविद्यालयले अब मौका परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी व्यवस्था मिलाइएको जनाएको छ।

    यस निर्णयले काठमाडौँ बाहिरका परीक्षार्थीहरूलाई आवतजावत तथा बसोबासको खर्चबाट राहत मिल्ने भएको छ।

    FB_IMG_1769523671351~2.jpg

    images
    मंगलवार, माघ १४ २०८२०८:१७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार