Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

  • 403
    SHARES

  • सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आधिकारिक रुपमा भंग भएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनालाई साथ दिँदै युनियनले आफ्नो अस्तित्व समाप्त भएको घोषणा गरेको हो ।

    नयाँ सरकार बनेपछि १ सय दिन भित्र गर्ने कममा कर्मचारी युनियन हटाउने विषय पनि समावेश थियो । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिताको निर्णयलाई स्वागत गर्दै युनियनले यस्तो कदम चालेको हो ।

    युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्ति अनुसार, सरकारी निर्णय र निर्देशिकाको आत्मसात् गर्दै २०८२ चैत्र १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग गरिएको उल्लेख गरेको छ।

    FB_IMG_1774787976236~3.jpg

    images
    आइतवार, चैत्र १५ २०८२०७:३७:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार