Oct 02 2026 | २०८३, आश्विन १६ गते

निम्नमाध्यमिक शिक्षक परीक्षा आवेदन म्याद थप

निम्नमाध्यमिक शिक्षक परीक्षा आवेदन म्याद थप

  • 586
    SHARES

  • निम्नमाध्यमिक शिक्षक परीक्षा आवेदन म्याद थप

    सानोठिमी, भक्तपुर — शिक्षक सेवा आयोग ले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद थप गरेको छ।

    आयोगले यसअघि २०८३ वैशाख २३ गतेसम्म तोकिएको आवेदन अन्तिम मिति प्राविधिक समस्याका कारण बढाएर वैशाख २७ गते राति ११:५९ बजेसम्म कायम गरेको जनाएको छ। आयोगको अनलाइन पोर्टलमार्फत राजस्व भुक्तानीका लागि भौचर तयार गर्ने तथा रकम जम्मा गर्ने क्रममा समस्या आएपछि सेवाग्राहीलाई परेको असुविधालाई ध्यानमा राख्दै म्याद थप गरिएको हो।

    नयाँ व्यवस्था अनुसार सिङ्गल दस्तुरमा आवेदन दिने उम्मेदवारहरूले वैशाख २७ गते रातिसम्म अनलाइन फाराम भर्न सक्नेछन् भने राजस्व दस्तुर भने भोलिपल्ट कार्यालय समयभित्र बुझाउनुपर्नेछ।

    त्यस्तै, दोब्बर दस्तुरमा आवेदन दिन चाहनेका लागि वैशाख २७ पछि जेठ ३ गते राति ११:५९ बजेसम्म आवेदन खुला रहनेछ र सोही अनुसार राजस्व तिर्ने समयावधि पनि तोकिएको छ।

    आयोगले सबै इच्छुक उम्मेदवारहरूलाई समयसीमाभित्र आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

    FB_IMG_1778067408072.jpg

    images
    बुधवार, बैशाख २३ २०८३०५:४३:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार