Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि, बन बिज्ञान बिश्वबिद्धालयको परीक्षा तत्काल सञ्चालन गर्न विद्यार्थीको माग !

कृषि, बन बिज्ञान बिश्वबिद्धालयको परीक्षा तत्काल सञ्चालन गर्न विद्यार्थीको माग !

  • 774
    SHARES

  • कृषि, बन बिज्ञान बिश्वबिद्धालयको परीक्षा तत्काल सञ्चालन गर्न विद्यार्थीको माग !

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले कोरोना तथा आन्दोलनका कारण रोकिएको परीक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् ।

    विभिन्न विद्यार्थी संघसंगठनमा आवद्ध विद्यार्थीले संयुक्त विज्ञप्ति प्रकासित गरी अन्य विश्वविद्यालयको जस्तै वन विज्ञान संकायको बाँकी रहेका परीक्षा तत्काल भौतिक तथा वैकल्पिक माध्यमबाट सञ्चालन गर्न माग गरेका हुन् ।

    सवै विश्वविद्यालयबाट परीक्षाको कार्यतालिका सार्वजनिक भइसक्दा पनि कृषि बन बिज्ञान विश्वविद्यालयका पदाधिकारी तथा परीक्षा नियन्त्रण कार्यलयको लाचारिपन एवम् ढिलासुस्तीले गर्दा परीक्षा सञ्चालन सम्बन्धी कुनै ठोस निर्णय नआएको बतएका छन।

    विश्वव्यापी महामारीको रुपमा विश्व समुदायमा नै फैलिएको कोभिड १९ तथा विश्वविद्यालयको ढिलासुस्तीले गर्दा रोकिएका सम्पूर्ण प्रयोगात्मक क्रियाकलाप तथा फिल्ड भिजिट भौतिक उपस्थिति हुन साथ सञ्चालनमा ल्याउन विश्वविद्यालयले उपयुक्त योजना तयार गरी यथासीग्र सार्वजनिक गर्न विद्यार्थीले माग गरेका छन् ।

    विश्वविद्यालयको वन संकायको पहीलो व्याच २०७६–०८० र तेस्रो व्याच २०७५–७९ सेमेस्टरको आन्तरिक मुल्याङ्गकन गरी परीक्षाको नतिजा यथासीघ्र प्रकाशन गरी अन्तिम परीक्षाको सूचना निकाल्न नेपाल विदार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका विश्वविद्यालय एकाइका अध्यक्षले संयुक्त विज्ञप्ति निकाली माग गरेका छन् ।

    विद्यार्थहरुले वैकल्पिक माध्यमबाट सञ्चालन भैरहेका कक्षा विना अबरोध सञ्चालन गरी, विश्वविद्यालयले सेमेस्टरको लागी तोकेको अबधी भित्रमा सेमेस्टरको पठनपाठन र परीक्षा सञ्चालन गर्न माग गरेका छन् ।

    विश्वविद्यालय स्थापना काल देखी नै विभिन्न आन्दोलन तथा चरम विवादले दयनीय अवस्थामा गुर्जीरहेको छ । कोरोनाको दोस्रो तहरका कारण सम्पूर्ण शैक्षिक कार्यक्रमहरु बिगत दुई महिना यता बन्द छन् ।Screenshot_20210718-080813_Facebook.jpg

    images
    आइतवार, श्रावण ३ २०७८०८:२९:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार