Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटी

विद्यार्थी भर्ना निर्देशिका व्यावस्थित बनाउन सुझाव माग

विद्यार्थी भर्ना निर्देशिका व्यावस्थित बनाउन सुझाव माग

  • 847
    SHARES

  • विद्यार्थी भर्ना निर्देशिका व्यावस्थित बनाउन सुझाव माग

    काठमाडौं /४ साउन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिईभिटि (CTEVT) ले भर्ना सम्बन्धी निर्देशिकालाई व्यावस्थित बनाउन सुझाब माग गरेको छ ।

    CTEVT अन्तर्गत सञ्चालित प्रि- डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन,छात्रवृत्ति विवरण एवम भर्ना सम्बन्धि निर्देशिकालाई व्यावस्थित बनाउन सुझाब माग गरेको हो ।

    प्रि- डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति विवरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ र डिप्लोमा तथा प्रमाणपत्र तहकाको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति विवरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ लाई परिषद्को प्रादेशिक संरचना लैजाने र परिषदको प्रादेशिक कार्यलयहरुलाई परीक्षा समितिले गरेको अधिकार प्रत्योजन सम्बन्धि निर्णय समेतको आधारमा सुझाब मागिएको छ ।

    कोभिड-१९ महामहरीका कारण भौतिक रुपमा उपस्थित भई छलफल गर्न सम्भव नभएकोले मौजुदा भर्ना सम्बन्धि निदैशिकाहरुलाई परिमार्जन गर्नका लागि कुनै सुझाब भए परीक्षा नियन्त्रण कार्यलयको इमेलमा साउन १० गते भित्र उपलब्ध गराउन आग्रह समेत गरिएको छ ।

    images
    सोमवार, श्रावण ४ २०७८०८:०१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार