बिहिवार, श्रावण ७ २०७८
मध्यपश्चिम विश्वविद्यालय संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै आन्दोलन गरेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
यसअघि आन्दोलनरत विद्यार्थीहरुले मंगलबार उपकुलपति एवम् रजिस्ट्रारको पुत्ला दहन सहित राँके जुलुस प्रदर्शन गरेका थिए । उपकुलपतिले हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजिरहेको आरोप लगाउँदै विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा जुटेका हुन् ।
आइतबार विश्वविद्यालय समक्ष आफुहरुले राखेका मागहरु प्रति ध्यान नदिइएको भन्दै विश्वविद्यालयको केन्द्रिय क्याम्पस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन्।
हामीले आईतबार १८ बुँदे माग राखेका थियौ, ’अनेरास्ववियुका (क्रान्तिकारी) केन्द्रीय तथा प्रदेश सह–संयोजक तिर्सना सर्माले भनिन्,‘ मागलाई प्रशासनले लत्याएकोले आन्दोलनमा उत्रनुपरेको हो ।
पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासनले वास्ता गरेन,’उनले भनिन्, 'विद्यार्थीको बुलन्द आवाज समयको विशेष माग हो। यदी यसलाई वेवास्था गरेर अगाडी बढेको खण्डमा दुर्घटना अवश्यम्भावी छ । हमालले विद्यार्थीको हकहितका लागि हामीले आवाज उठाएको बताइन् ।


