Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता सुरु

प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता सुरु

  • 336
    SHARES

  • प्याब्सन कप यू–१६ फुटसल प्रतियोगिता सुरु

    काठमाडौं । प्याब्सन कप–२०८३ अन्तर्गतको यू–१६ अन्तरविद्यालय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु भएको छ। प्रतियोगिता भदौ २४ देखि २७ गतेसम्म कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुलको फुटसल मैदानमा सञ्चालन भइरहेको छ।

    IMG-20260909-WA0039.jpg

    प्याब्सन काठमाडौ महानगरपालिका र प्याब्सन जिल्ला समितिको आयोजनामा हुने प्रतियोगिता काञ्जिरोवा नेसनल स्कुलको सहकार्य तथा प्रोग्रेसिभ एजुकेशनल फोरम (पीईएफ) को व्यवस्थापनमा सञ्चालन गरिएको हो।

    IMG-20260909-WA0035.jpg

    कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुने प्रतियोगितामा विद्यालय तहका विद्यार्थीले आफ्नो फुटसल प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन्। प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्दै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्नु रहेको आयोजकले जनाएको छ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्टले सभापतित्व गरेका थिए। काञ्जिरोवा नेसनल स्कुलका कार्यकारी निर्देशक महेन्द्र खनालले स्वागत मन्तव्य राखेका थिए।

    कार्यक्रममा प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष दीपक गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रतियोगिताअन्तर्गत आगामी चार दिन विभिन्न विद्यालयबीच यू–१६ छात्र फुटसलका खेल सञ्चालन हुनेछन्।

    IMG-20260909-WA0034.jpg

    प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष भट्टले विद्यालय शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै विद्यालय तहबाटै प्रतिभावान् खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामूहिक भावनाको विकास गर्न सहयोग पुग्ने धारणा राखे।

    प्रतियोगिताका खेलहरू भदौ २४ देखि २७ गतेसम्म काञ्जिरोवा नेसनल स्कुल, कोटेश्वरको फुटसल मैदानमा हुनेछन्।

    IMG-20260909-WA0043.jpg

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत ट्रफी तथा मेडलबाट सम्मान गरिने आयोजकले जनाएको छ।

    आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु र भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्नु हो।

    IMG-20260909-WA0045.jpgIMG-20260909-WA0046~2.jpg

    images
    बुधवार, भाद्र २४ २०८३०९:३४:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार