सोमवार, श्रावण १८ २०७८
सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय, र स्पेनको बास्क कन्ट्री विश्वविद्यालय, बिच शैक्षिक सहकार्यका र शिक्षण शिकाइ प्रक्रिया आदनप्रदनका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालयका रेक्टर मारिया ईभा फेरेरिया गार्सियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दुई विश्वविद्यालय बिच अनुभव तथा वैज्ञानिक ज्ञान आदान प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको वृतिविकास मार्फत समाज सेवामा योगदान दिनु यस सम्झौताको उद्देश्य रहको कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
पाँच खण्ड सहितको उक्त सम्झौता पत्र दुइ राष्ट्र बिच आपसमा सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध समेत बलियो बनाउने उदेश्य सहित दुइटै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरु आदान प्रदान गर्ने गरी शैक्षिक सम्बन्ध स्थापित गर्ने बताइएको छ ।
यो सम्झौता कार्यन्वयनका लागि मध्यपश्चिम विश्वविद्यालय तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्क कन्ट्री विश्वविद्यालयका तर्फबाट अन्तरराष्ट्रिय सम्बन्ध भाइस रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा रहेका छ्न।
यस सम्झौताको सुरुको अवधि चार वर्षको रहेको छ । भने त्यसपछि पुनः नवीकरण हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार शैक्षिक सत्र २०२२-२०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान(प्रदान हुनेछन । यो सम्झौता लागु भए पश्चात दुइ विश्वविद्यालय तथा देश बिच प्राध्यापक तथा विद्यार्थी आदान-प्रदान भई सुमधुर सम्बन्ध विस्तार हुने साथै प्राध्यापक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।