Oct 02 2026 | २०८३, आश्विन १६ गते

काठमाडौं महानगरका १० विद्यालयका ४ सय छात्रालाई आत्मरक्षा तालिम

काठमाडौं महानगरका १० विद्यालयका ४ सय छात्रालाई आत्मरक्षा तालिम

  • 188
    SHARES

  • काठमाडौं महानगरका १० विद्यालयका ४ सय छात्रालाई आत्मरक्षा तालिम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका छात्रालाई हिंसा पहिचान गर्न र सम्भावित आक्रमणबाट आफूलाई जोगाउन सक्षम बनाउने उद्देश्यले आत्मरक्षा तालिम सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई दुईदिने आत्मरक्षा तालिम दिन लागिएको हो।

    महानगरभित्रका १० वटा सामुदायिक विद्यालयबाट ४०–४० जना छात्रालाई तालिममा सहभागी गराइनेछ। परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुनेछ।

    नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एशोसिएसनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनका अनुसार तालिमको मुख्य उद्देश्य छात्रालाई ‘हिंसा के हो’ भन्ने विषयमा सचेत बनाउनु हो। तालिममा गलत नियतले छोएको वा हेरेको कसरी पहिचान गर्ने तथा त्यस्तो अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने भन्नेबारे सिकाइनेछ।

    त्यस्तै, सम्भावित आक्रमणबाट आफ्नै हातखुट्टाको प्रयोग गरेर कसरी बच्ने भन्ने व्यावहारिक सीपसमेत सिकाइनेछ। तालिममा सैद्धान्तिकभन्दा प्रयोगात्मक अभ्यासलाई बढी प्राथमिकता दिइने महर्जनले बताउनुभयो।

    महानगरपालिकाले पहिलो चरणको तालिमको प्रभावकारिता मूल्याङ्कन गरेपछि क्रमशः महानगरभित्रका सबै विद्यार्थीलाई आत्मरक्षा तालिम उपलब्ध गराउने योजना बनाएको छ।

    images
    मंगलवार, आश्विन १३ २०८३०७:१५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार