Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम बिश्वबिद्धालय

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्क्यो: विद्यार्थीले थाले रिले अनशन ।

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्क्यो: विद्यार्थीले थाले रिले अनशन ।

  • 643
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्क्यो: विद्यार्थीले थाले रिले अनशन ।

    सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयमा लामो समयदेखी आन्दोलरत संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् । विद्यार्थीले यसअघि राखेको १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् ।

    विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै बुधबारदेखि रिले अनशन शुरु गरेका हुन् भने, यो संगै विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमै उत्रिएका छन् ।

    विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन् ।  आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् भने पठन–पाठन समेत अवरोध सिर्जना भइरहेको छ । जसका कारण बिश्वबिद्धालयले गर्ने सबै परिक्षा हरु पटक पटक स्थगित हुँदै आएका छन ।

    एकातिर विद्यार्थीले अनलाइन परीक्षाको माग गरिरहँदा विश्वविद्यालय भने कुनै हालतमा अनलाइनको माध्यामबाट परीक्षा सञ्चालन नगर्ने बताउँदै आएको छ ।

    यता आन्दोलनरत विद्यार्थीहरु भने विश्वविद्यालयले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताउछन। विद्यार्थीहरुले अनलाइन परीक्षा गर्न सकिँदैन भने पनि हाम्रा अन्य १७ वटा माग पुरा गर्छौँ भनेर विज्ञप्ति नै निकाल्नुपर्यो । त्यसपछी मात्रै आन्दोलन रोकिन्छ ।’ तर विश्वविद्यालय प्रशासनले भने विद्यार्थी संगठनहरुसँग वार्ता भइरहेको र छिटोभन्दा छिटो समस्याको समाधान हुने जनाएको छ ।

    images
    बुधवार, श्रावण २० २०७८१०:०७:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार