Oct 30 2026 | २०८३, कार्तिक १४ गते

स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय

स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय

  • 118
    SHARES

  • स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय

    काठमाडौं । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधनका क्रममा विगतमा विभिन्न पक्षसँग भएका सहमतिको समीक्षा गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

    FB_IMG_1793200790002.jpg

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।

    बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारलगायत सहभागी थिए। बैठकमा विगतमा भएका सहमतिमध्ये हालसम्म कार्यान्वयनमा आएका विषयको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

    सरकारले विभिन्न पक्षसँग विगतमा गरेका सहमतिको नियमित समीक्षा गर्दै कार्यान्वयनमा रहेका समस्या पहिचान गरी समाधान गर्ने योजनाअनुसार बैठक आयोजना गरिएको जनाएको छ।

    बैठकले बाँकी रहेका सहमति कार्यान्वयनका विषयमा सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ।

    images
    बुधवार, कार्तिक १२ २०८३०९:०८:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार