Oct 03 2026 | २०८३, आश्विन १७ गते

बढ्दो जोखिममा आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह ।

बढ्दो जोखिममा आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह ।

  • 2.5K
    SHARES

  • बढ्दो जोखिममा आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह ।

    बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले कोभिड -१९ संक्रमण दर बढ्ने क्रम नरोकिएको र जोखिम कायमै रहेका बेला आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ।

    जिल्लाका विभिन्न स्थानमा विद्यालय सञ्चालन भइरहेको जानकारी पाएपछि सबै स्थानीय तहहरुलाई विद्यालय बन्द गर्न पत्राचार गरिएको सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

    विद्यालय सञ्चालनमा ल्याउँदा भीडभाड हुने भएकाले महामारीको समयमा सचेतना अपनाउन आग्रह गरिएको उनले बताए। यस्तै चाडपर्वको समय पनि नजिक आइरहेकाले भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

     

    images
    शनिवार, भाद्र ५ २०७८०४:३८:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार