Oct 04 2026 | २०८३, आश्विन १८ गते

सुर्खेत जिल्ला प्रशासनको निर्णय : आइतवार देखी बिद्यालय खोल्नु। (प्रजिअको आदेश सहित)

सुर्खेत जिल्ला प्रशासनको निर्णय : आइतवार देखी बिद्यालय खोल्नु। (प्रजिअको आदेश सहित)

  • 847
    SHARES

  • सुर्खेत जिल्ला प्रशासनको निर्णय : आइतवार देखी बिद्यालय खोल्नु। (प्रजिअको आदेश सहित)

    सुर्खेत - सुर्खेत जिल्ला प्रशासनले आइतबारदेखि सामुदायिक तथा निजी विद्यालय खोल्ने निर्णय गरेको छ। शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिएमसी) ले कोरोना महामारीका कारण लामो बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

    कोरोनाको जोखिम नरहेका क्षेत्रमा आइतबार देखि खोल्ने निर्णय गरेपनी  कोभिड-१९ जोखिम क्षेत्रमा भने २६ गतेसम्ममा परिस्थिति हेरेर विद्यालय खोल्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

    ‘नगरको शिक्षा विकास तथा समन्वय इकाईको निर्देशन अनुसार विद्यालयहरु खुल्नेछन् । परिस्थिति सामन्य रहेमा २६ गतेभित्र जिल्लाका सबै विद्यालय खोल्ने निर्णय भएको छ,’ प्रजिअ रिजालले भने ।

    त्यसैगरी विद्यालय खोल्दा तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने र विद्यालय सुरक्षा मापदण्ड पालन गरे–नगरेको अनुगमनका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाले विशेष समिति समेत बनाउनेछ । उक्त समितिमा पालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

    सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’मा परेको र त्यहाँ भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछ ।

    प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका ‘एल्लोजोन’मा छन् । वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो ।

    यस्तो छ प्रशासन कार्यलयले गरेको आदेश ।

    Screenshot_20210903-211940_Chrome.jpgScreenshot_20210903-211959_Chrome.jpg

     

    images
    शुक्रवार, भाद्र १८ २०७८०९:२६:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार