Oct 04 2026 | २०८३, आश्विन १८ गते

सिमा क्षेत्रमा भारतीय ज्यादती र  अतिक्रमण विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा बिरोध प्रदर्शन ।

सिमा क्षेत्रमा भारतीय ज्यादती र  अतिक्रमण विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा बिरोध प्रदर्शन ।

  • 264
    SHARES

  • सिमा क्षेत्रमा भारतीय ज्यादती र  अतिक्रमण विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा बिरोध प्रदर्शन ।

    कञ्चनपुर - सिमा क्षेत्रमा भैरहेको भारतीय ज्यादती र अतिक्रमण विरुद्ध  कञ्चनपुरमा अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट रहेको अखिल (क्रान्तिकारी) ले सिमा क्षेत्रमा भैरहेको हस्तक्षेप, अतिक्रमण र जयसिंह धामीको  न्यायका लागि कञ्चनपुरको भिमदत्तनगरमा भारतीय सरकार र नेपाल सरकार बिरूद्ध बिरोध प्रदर्शन कार्यक्रम गर्दै कोणसभा गरेको हो।

    बिरोध प्रदर्शनमा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य युवा नेता बिरेन्द्र शाहले सरकारले दार्चुलाको घटना गम्भीर रूपमा नलिएको बताए । उनले नेपालका सासक र  सरकार सञ्चालन गर्ने राजनितिक दलकाहरूका कारणले नेपाली जनताकाले भारतीय ज्यादती  खेप्नु परेको बताए ।

    त्यसैगरी भारतीय हेलिकप्टर दार्चुला जिल्लाको सिमा क्षेत्रमा अनुमति बिना प्रवेश गरेर  हवाइ गस्ति पटकपटक गरिरहेको भएपनि नेपाल सरकारको कुनै प्रतिक्रिया नआउनु शासक हरुको रास्ट्रघाती चरीत्र उदाङ्गो भएको बताए।

    अन्तराष्ट्रिय नियम अनुसार पनि एक बाट अर्को देशमा प्रवेश गर्दा अनुमति प्राप्त गरेर हवाइ सेवा सञ्चालन गर्नुपर्ने हुुँदा पनि भारतीय सरकार संग  कुटनीतिक पहल गरेर जवाफ माग गर्न  नसक्ने र लाचारीपना भएको  बताए।

    उनले भने भारतीय ज्यादती विरुद्ध अखिल क्रान्तिकारी सधै संघर्षमा रहने बताए । बिरोध प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारी नेता कार्यकर्ता उपस्थित रहेका थिए।

    FB_IMG_1630765918693.jpgFB_IMG_1630765919542.jpg

     

    images
    शनिवार, भाद्र १९ २०७८०९:०८:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार