Oct 04 2026 | २०८३, आश्विन १८ गते

कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाए ताला ।

कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाए ताला ।

  • 478
    SHARES

  • कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले लगाए ताला ।

    धनगढी: कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले कैलाली बहुमुखी क्याम्पसमा तालबन्दी गरेका छन्। बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले आफूहरुकाे माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन्।

    यस अघि बुधबार विद्यार्थीले क्याम्पस प्रशासन समक्ष तीन बुँदे माग राखेको र त्यसको कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरिएको बीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले बताए ।

    विद्यार्थीहरुले कोभिडका कारण अनलाइनको माध्यमबाट पढाइ भएकाले प्रथम सेमेस्टरको परीक्षा पनि अनलाइन माध्यमबाटै हुनुपर्ने, परीक्षामा नेपाली र अंग्रेजी दुई वटै भाषालाई मान्यता दिनुपर्ने, सबै पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए। 

    ती मागहरु बीए एलएलबीका विद्यार्थीको मात्र नभएर सबै संकायका विद्यार्थीको संयुक्त माग भएको अर्का विद्यार्थी पारस कठायतले बताए। मागहरु पुरा नभएसम्म ताला नखोलिने कठायतले बताए। 

     

    images
    आइतवार, भाद्र २० २०७८०१:०७:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार