Oct 04 2026 | २०८३, आश्विन १८ गते

देशैभरी सामुदायिक विद्यालयमा इन्टरनेट जोड्दै टेलिकम ।

देशैभरी सामुदायिक विद्यालयमा इन्टरनेट जोड्दै टेलिकम ।

  • 1.2K
    SHARES

  • देशैभरी सामुदायिक विद्यालयमा इन्टरनेट जोड्दै टेलिकम ।

    काठमाडौ - नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने भएको छ।

    शिक्षक, विद्यार्थीहरुलाइ ईन्टरनेट को पहुँचमा पुर्‍याउने उदेश्यले टेलिकमले यो योजना तयार पारेको हो। र यसको लागि टेलिकमले बजेट समेत तर्जुमा गरि एक अर्ब खर्च गर्ने  भएको छ ।

    य स अघि प्राधिरकणले भूकम्प प्रभावित ८ जिल्लाका विद्यालयहरूमा इन्टरनेट जडानका लागि ३३ करोड र बाँकी ६६ जिल्लामा इन्टरनेट जडानका लागि ७० करोडमा सम्झौता गरेको हो । 

    भूकम्प प्रभावित जिल्लाहरूमा इन्टरनेट जडानका लागि ब्याकबोन निर्माणदेखि फाइबरसमेत बिछ्याउनुपर्ने भएकाले लागत बढी लाग्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनका अनुसार ६६ जिल्लामा भने साइड कस्ट मात्रै लाग्ने भएकाले थोरै लागत लागेको बताए ।

    ब्रोडब्यान्ड फाइबर बिछ्याउनका लागि दुई सय ५७ स्थानीय तहहरूसँग समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । भूकम्प प्रभावित ८ जिल्लाहरू र उपत्यकाबाहेकका ६६ जिल्लाहरूका ६ सय ५६ स्थानीय तहका सामुदायिक विद्यालयहरूमा २० एमबिपिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट जडान गरिनेछ । 

     

    images
    बुधवार, भाद्र २३ २०७८०७:५२:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार