बुधवार, भाद्र २३ २०७८
काठमाडौ - प्राबिधिक शिक्षा तथा कलेजका विद्यार्थीहरुको नक्कली प्रमाणपत्र बनाउने कार्यमा संङ्लग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेका छन।
बागलुङ बाँडगार्ड गाउँपालिका-९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट पक्राउ गरेको हो।
पक्राउ परेका केसिमाथि नेपाल तथा भारतका विभिन्न फार्मेसी तथा मेडिकल कलेजबाट फार्मेसी विषय लिएर डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइ नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाइदिने, नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोप छ।
उनलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिगत लामो समयदेखि नक्कली प्रमाणपत्र बनाउने पक्राउ परेपनी यस्तो घटना भने पटक पटक दोहोरिरहेका छ।