Oct 04 2026 | २०८३, आश्विन १८ गते

विद्यार्थीकालागी 'पढ्दै कमाउँदै कार्यक्रम’ लागुगर्ने घोषणा ।

विद्यार्थीकालागी 'पढ्दै कमाउँदै कार्यक्रम’ लागुगर्ने घोषणा ।

  • 683
    SHARES

  • विद्यार्थीकालागी 'पढ्दै कमाउँदै कार्यक्रम’ लागुगर्ने घोषणा ।

    काठमाडौ - नेपाल सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागुगर्ने घोषणा गरेको छ। बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पढ्दै अर्थमन्त्री जनार्दन शर्माले ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका छनोट गरिएका विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख गरेका छन।

    शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ । 

    भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यानवयन गर्ने भनिएको छ ।

     

    images
    शुक्रवार, भाद्र २५ २०७८०६:१३:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार