शुक्रवार, भाद्र २५ २०७८
काठमाडौं - सरकारले नेपालकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पस र त्यहाँ अवस्थित घणटघर लाई पुरानै ढाँचामा पूणनिर्माण गर्ने घोषणा गरेको छ ।
शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-७९ को शंसोधित बजेटले त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रबन्ध गरिने घोषणा गरेका हुन् ।
यस अघि त्रीचन्द्र क्याम्पस र घणटघर को पुनर्निर्माण गर्न दबाब दिन विद्यार्थी हरुले प्लेकार्ड सहित आन्दोलन गरेका थिए !


त्यस्तैगरी विश्वविद्यालयहरुलाई पुर्बाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिने जनाएका छन् ।