Oct 04 2026 | २०८३, आश्विन १८ गते

लगाव र इच्छाशक्तिले जन्माएको विकल्प: अनलाइन कक्षा पढ्न रुखमा डेरा ।

लगाव र इच्छाशक्तिले जन्माएको विकल्प: अनलाइन कक्षा पढ्न रुखमा डेरा ।

  • 937
    SHARES

  • लगाव र इच्छाशक्तिले जन्माएको विकल्प: अनलाइन कक्षा पढ्न रुखमा डेरा ।

    खाेटाङ - लगाव र इच्छाशक्ति भए मानिसले आफ्नो लक्ष्य पछ्यान सक्छ। मिहेनतले मानिस लाई महान बनाउछ। यो समाचार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरको हो। मगरले अनलाइन कक्षा मार्फत शिक्षण सिकाइमा सहभागी हुन रुखमा पाल टाँगेर टाँड (डेरा) बनाएका छन् । पढाइप्रति मगरले देखाएको लगाव र आकर्षणको सामाजिक संजालमा अहिले निक्कै प्रशंसा भइरहेको छ ।

    Screenshot_20210911-192116_Facebook.jpg

    अननलाइन कक्षा पढ्न रुखमा बनाएको टाँड

    सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा टाँढ बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागी भइरहेका छन् । मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताए।

    यस अघि विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षाका माध्यमबाट पठनपाठन सुरु गरेको हो । तर, नवलपुर सिम्लेमा मोबाइलको डाटा बल्लतल्ल कनेक्ट हुने र कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाइन कक्षमा सहभागी हुन सकेनन्। यिनलाइ घरमा नेटवर्क ले धोका दिएपनी विकल्प सोच्नसक्ने भएकोले नया ब्यबस्थापन गरे ।

    मगर भन्छन्,-‘घरभन्दा माथिकाे डाँडामा निस्केर प्रयास गरेँ तर माेबाइलकाे डाटा कनेक्सन राम्रो देखिएन । अनि एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। नभन्दै अझ राम्रो कनेक्सन देखायो । अनि जुम मिटिङमा जोडिन सफल भएँ।' 

    शुरुमा पढाइ छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोजेर भेट्टाएका हुन्। ‘दिनभरि रुखमा बसेर कक्षामा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ’उनले भने । 

    रुखमा बनाएकाे डेरामा पुग्नका लागि घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले गर्व महसुस गराएको सरस्वती मावि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताउनुभयो।

    हाल सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । आउँदाे असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको थियो ।

    १६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । भाइ नयन कक्षा ८ मा अध्ययनरत छन् । बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाइ आमासँग बसिरहेका छन् । 

     

    images
    शनिवार, भाद्र २६ २०७८०८:०४:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार