Oct 04 2026 | २०८३, आश्विन १८ गते

मकवानपुरका बिद्यालय आजदेखि सञ्चालन हुने।

मकवानपुरका बिद्यालय आजदेखि सञ्चालन हुने।

  • 419
    SHARES

  • मकवानपुरका बिद्यालय आजदेखि सञ्चालन हुने।

    विगत लामो महिनादेखि बन्द रहेका मकवानपुरका बिद्यालय (शैक्षिक संस्था) आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)का अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् ।

    सरकारले लागिगरेको स्मार्ट लकडाउन अनुसार स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

    त्यसैगरी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका विद्यालय समेत आज देखि सञ्चालनमा  आएका छन् ।  लामो समय विद्यालयहरुको पठन पाठन तथा सिकाइ प्रक्रिया भौतिक उपस्थितिमा हुन नसकिरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ र स्मार्ट लकडाउन अनुसार विद्यालय सञ्चालनमा आउने भएका छन।

    बालबालिकाहरुको सिकाई, परीक्षा एवम् मूल्याङ्कन प्रक्रियालाई भौतिक रुपमा उपस्थित गराई सहज बनाउन चाहने नगरपालिका भित्रका सबै विद्यालयहरुलाई विद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल र समीक्षा गरी विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विद्यालय सञ्चालन कार्ययोजना पेस गरेका विद्यालय आजदेखि सञ्चालनमा आउने  नगर शिक्षा समितिले जानकारी दियो । 

     

    images
    आइतवार, भाद्र २७ २०७८०९:२४:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार