Oct 04 2026 | २०८३, आश्विन १८ गते

इजरायल जाने भाषा परीक्षा नतिजा प्रकाशित: २ हजार ३९ जना उत्तीर्ण । (नतिजा सहित)

इजरायल जाने भाषा परीक्षा नतिजा प्रकाशित: २ हजार ३९ जना उत्तीर्ण । (नतिजा सहित)

  • 376
    SHARES

  • इजरायल जाने भाषा परीक्षा नतिजा प्रकाशित: २ हजार ३९ जना उत्तीर्ण । (नतिजा सहित)

    काठमाडौ - ‘केयर गिभर’ का लागि इजरायल जान लिइएको भाषा परीक्षा को नतिजा सार्वजनिक भएको छ।  कुल ६ हजार ३१७ जनाले लिखित परीक्षा दिएकामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १ हजार ३९५ जना महिला र ६४४ जना पुरुष रहेका छन् । 

    उत्तीर्ण भएकाको अन्य जाँच (उचाई तौल तथा अन्तरवार्ता) असोज १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले दिएको जनाएका छ । विभागका अनुसार उक्त मितिमा हुने अन्तवार्ता बिहान ८ देखि दिउँसो २ बजेसम्म हुनेछ ।

    अन्तवार्ता व्यवसायीक सिप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा हुने विभागले जनाएको छ । विभागले साउन १२ देखि इजरायल जान चाहनेहरुका लागि खुलाएको आवेदनमा कुल ७ हजार ९ जनाको दरखास्त दिएका थिए । यस्तै २ हजार ६९० जनाको आवेदन अस्वीकृत भएको थियो ।

    नतिजा हेर्न तलको लिंक मा जानुस ।

     

    https://drive.google.com/file/d/1_w9ZQbzzimeQrG4R3zsen_bCX-HxnOWO/view

    images
    बुधवार, भाद्र ३० २०७८११:००:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार