Oct 04 2026 | २०८३, आश्विन १८ गते

तलब वृद्धि नगरेको भन्दै इसिडी शिक्षक र क्रमचारी आन्दोलित।

तलब वृद्धि नगरेको भन्दै इसिडी शिक्षक र क्रमचारी आन्दोलित।

  • 954
    SHARES

  • तलब वृद्धि नगरेको भन्दै इसिडी शिक्षक र क्रमचारी आन्दोलित।

    धनुषा - जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका इसिडी शिक्षक  तथा कर्मचारीहरुले संघीय सरकारले बजेटमा घोषणा गरे अनुरुप तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । 

    जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् । आन्दोलनरत शिक्षकका प्रतिनिधिले उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित तथा सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतबाट फैसला भइसके पनि जनकपुरधाम उपमहानगरले लागू नगरेको भन्दै आन्दोलन परिचालन समितिका अध्यक्ष रामहृदय यादवले लेखापालको मासिक तलब १८ हजार ५ सय रुपैयाँ र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग गरे ।

    जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत ४९ वटा सामुदायिक विद्यालयमा करिब २ सय बाल विकास शिक्षक कार्यरत छन् ।

     

    images
    शुक्रवार, आश्विन १ २०७८०६:४५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार